कक्षा १२ काे परिक्षामा सहभागी नहुने शिक्षक महासंघको निर्णय

नेपाल शिक्षक महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ । सोमबार विज्ञप्ति जारी गरी महासंघले परीक्षामा सहभागी नहुने निर्णय गरेको छ भने कुनै पनि कार्यमा संङलग्न नहुन शिक्षकहरुलाई अपिल समेत गरेको छ ।

कक्षा १२ को परीक्षा वैशाख ११ गते शुरु हुँदैछ । नयाँ शैक्षिक सत्र शुरु भएसँगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरु काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छन् । सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ । यो संगै कक्षा १२ को परीक्षा समेत अन्यवलमा परेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button