सर्मिला वाइबा माथि रड प्रहार

आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो । रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार हुँदैछ ।
उनी आफूलाई सामाजिक अभियन्ता भन्दै अरूको पारिवारिक विवादमा छिर्ने गर्थिन् । उनले हस्तक्षेप गर्दा चर्चित कमेडियन पवन खतिवडाको घर नै भाँडिएको थियो । यसअघि उनी जस्तै सामाजिक अभियन्ता बताउने पुण्य गौतमलाई पनि मरनासन्न हुने गरी रड हानिएको थियो । गौतमलाई दुर्गा प्रसाईंका कार्यकर्ताले आक्रमण गरेका थिए। यी दुवै पात्रलाई युट्युबरले भाइरल बनाएका हुन् ।
शर्मिलालाई कसले रड हान्यो खुलेको छैन। घाइते उनलाई भेट्न सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिइरहने आङकाजी शेर्पासहित स्तुपा अस्पताल पुगेका छन् ।