भरतपुरमा युवासंघले बृहत र्याली निकाल्ने

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले भोलि (बिहिबार) भरतपुरमा बृहत मोटरसाइकल र्याली गर्ने भएको छ । युवासंघ भरतपुर महानगर कमिटीको आयोजनामा हुने र्याली गोन्द्राङ चोकदेखि चौबिसकोठी लायन्सचोक, सहिदचोक, पुल्चोक हुँदै चौबिसकोठीमा पुगेर समापन गरिनेछ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बैशाख ५ गते एमाले भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटनका लागि चितवन आउने भएका कारण स्वागतका लागि अघिल्लो दिननै मोटरसाइकल र्याली आयोजना गरेको युवासंघले जनाएको छ । युवासंघ महानगर कमिटीको आयोजनामा हुने र्यालीमा भोलि दिउसो २ः३० बजे गोन्द्राङमा उपस्थित हुन नेकपा(एमाले) चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले सबैमा आब्हान गर्नुभयो ।