यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु घटनाको तत्काल छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सिराहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ ।

करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी २४ वर्षीया आनन्ददेवी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

सिरहाको नवराजपुर गाउँपालिका-३ दोनवारी टोलकी सदायले चार महिनाअघि गाउँकै युवाहरूले सामूहिक बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। तर,लामो समय भइसक्दा पनि प्रहरीले आरोपितहरूलाई पक्राउ गर्न सकेको थिएन।

आरोपितहरू पक्राउ नपरेपछि तनावमा रहेकी सदायले आत्महत्या रोजेको हुनसक्ने स्थानीयको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button