मुगुमा पहिले जस्तो यार्सागुम्बा पाउन छाड्याे

सर्जन कुमार शाही,

मुगु । समुन्द्री सतहको ३ हजारदेखि ६ हजार को उचाइमा रहेको मुगुको विभिन्न पाटनमा पाइने बहुमुल्य यार्सागुम्बाको माग स्थानीयदेखि अन्र्तराष्ट्रिय बजारसम्म व्यापक रहेकोछ ।

अत्याधिक माग भएको यार्सा संकलकहरु पनि बढिरहेका छन् । तर मुगुको पूर्वी क्षेत्र कामारोङ गाँउपालिकाको पाटनका भने जथाभावी आगलागी हुने, चोरि र समय अगावै संकलकहरु यार्सा टिप्ने गरेका कारण पनि यार्सागुम्बा हराउदै गएको हो ।

वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । मुगुको कामारोङ गाउँपालिकाको पाटनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा केही वर्षअघिसम्म प्रशस्त मात्रामा पाइन्थ्यो । एकजनाले मात्रै दैनिक १ सयदेखि ५ सय भन्दा माथि भेट्याएको रेकर्ड रहेको छ । तर, पछिल्लो समय संकलकहरुले छाडा रुपमा वन प्रवेश गर्दा पाटनबाटै यार्सा हराउदै गएको स्थानीय समाजसेवीहरुको भनाइ रहेको छ ।

जंगलमा संकलकहरुले जथाभावी आगो लगाउने र खोतल्ने काम गर्दा पनि बहुमूल्य जडीबुट्टी हराउदै गएको स्थानीयको भनाइ छ । संकलन गर्ने समय नहुँदै जथाभावी जमिन उत्खनन् तथा आगजनी गर्दा यार्सा कम पाउन थालेको उनीहरुको भनाइ छ । पालिकाको १ र २ वडामा रहेको सामुदयिक बन क्षेत्रमा संकलन हुर्ने यार्सागुम्बा संरक्षणको लागि पालिकाले समयसीमा निर्धारण गरेको छ । हिमाली भेगका जनताको प्रमुख आयस्रोतको रुपमा रहेको यार्सा संरक्षणमा पालिकासमेत लागि परेको मुगुमकामारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावल बताउँछन् ।

पाटन क्षेत्रको संरक्षण अभाव, घोडा खच्चड र भेडाबाख्राको चरिचरन तथा मौसमी फेरबदलका कारणले गर्दा पनि यार्सा उत्पादन घट्दै गएको स्थानीय जानकारहरु बताउछन् ।
बर्सेनि यार्सामा निर्भर संख्या बढीरहँदा उत्पादन घट्दै जान थालेपछि यार्सा संकलन तथा बिक्रीवितरणबाटै जीवन निर्वाह गर्दै आएकाहरु समस्यामा परेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button