बुटवलमा युवती माथि गाेलि प्रहार

बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान करिब साढे ९ बजे टिका विष्टलाई गोली प्रहार भएको हो । पाल्पा रैनादेवी छहरा घर भएकी विष्ट हाल बुटवल ११ बुद्ध नगर बस्दै आउनुभएको छ ।

कम्मरमाथि लागेको गोलीबाट विष्टको अवस्था गम्भीर बनेको छ । उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।

गोली किन र कसले हानेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button