सवारी दुर्घटना बाट एक युवकको मृत्यु ,जाहेरी दिदा प्रहरीको आनाकानी

कोहलपुर / बाँकेको कोहलपुर स्थित कृषि चोकमा नयाँ वर्षको रात १:३० बजे मोटरसाइकल दुर्घटना परेको छ ।पश्चिम् तिर  बाट आउदै गरेको रा ४ प ३९३० नम्बरको मोटरसाइकलले  चप्पलगौरी बाट घर तर्फ फर्किदै गरेको भे ५ प ३६४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटना परि चप्पलगौरि बाट आउदै गरेको बाईकमा सवार भानु कडेल लगाएत  पश्चिम् बाट आउदै गरेको बाईकमा सवार २ जना घाइते भएका थिए । घाईतेलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो इप्रक कोहलपुरले बताएको हो  । पछि घाइते भानु कडेललाई गम्भीर चोट देखिएको भनी उनलाई नेपालगन्जको सन्जिविनी मेडिकल कलेजमा रिफर गरिएको थियो । उपचारकै क्रममा घाइते भएका कडेल बैशाख ६ गते बिहान १:३० बजेको समयमा उनको निधन भएको अस्पतालले जनाएको छ ।

घटना घटेको ६ दिन पुगिसक्दा पनि प्रहरीले कुनै पनि किसिमको प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रतिक्रिया दिएको छैन ।  ” घटना घटेको सुन्ने बितिक्कै हामी आफ्नो छोरालाई उपचार गराउन व्यस्त थियौ कसरी दुर्घटना घटेको हामिलाई केही थाह थिएन मृतकका बुवा गाढी कडेलले बताउन्छन ।

मृतकका परिवार लगाएत आफन्तले ईलाका प्रहरी कार्यलय कोहलपुरमा शुक्रबार  जाहेरी लिएर गएक थिए प्रहरीले उक्त जाहेरी दर्ता नगरेको मृतकका आफन्तले गुनासो व्यक्त गरेका छन।  शुक्रबार आफ्नो छोराको मृत्युको खबर सुन्ने बितिक्कै  पुनः फेरि शनिबार पनि हामी मुद्दा दर्ताको लागी ईप्रका कोहलपुर पुगेका थियौ प्रहरीले आज शनिबार भनेर दर्ता गर्न अस्विकार गरेको मृतकका आफन्तले बताउन्छन ।

घटना घटेको ६ दिन पुगिसक्दा पनि प्रहरी प्रशासन मौन हुनु पीडितका आफन्तलाई कुनै जानकारी नदिनु अनुसन्धान नगरिनु घटनाको विवरण नदिनु कतै घटनालाई लुकाउन खोजिएको होकि भनी पीडित पक्षले गम्भीर दुख व्यक्त गरेका छ्न।

घटना घटेको लगत्तै प्रहरी घटनास्थलमा पुगेर मुचुल्का बनाउदा समेत घटनालाई छानबिन नगरी वेवास्ता गर्नु ,कानुनी प्रक्रिया अगाडि नबढाई मृतकको शव माथी खेलवाड गरिएको प्रती ईलाका मै पुगेर  प्रेमनगर बासिले घोर आपत्ती जनाएका छ्न।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button