बनेपामा क्षेत्र ‘ ग ‘ मल्टिच्याप्टर ट्रेनिङ सम्पन्न

क्षितिज मगर

काठमाडौ / बनेपामा क्षेत्र ‘ ग ‘ मल्टिच्याप्टर ट्रेनिङ सम्पन्न भएको छ । बनेपा जुनियर जेसिजको आयोजनामा मल्टिच्याप्टर ट्रेनिङ एक औपचारिक कार्यक्रमका बिच शनिबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिका का मेयर शान्ति रत्न शाक्यले पानसमा दियो बाली कार्यक्रमको समुद्घाटन गर्दै उनले ‘ जेसिज एउटा सिक्ने र सिकाउने थलो हो भनी सम्बोधन गरेका छन । उनी जेसिजमै जोडिएको कारण आफ्ना मिठा अनुभव सुनाउदै भने ” जेसिजमा मैले राम्रो आत्मियता पाएको छु आजभन्दा ४० वर्ष अगाडी जेसिजमा जोडिदै गर्दा बिद्यालयको कोठा भित्र बैठक गर्थ्यौ , ब्लाक बोर्डमा लेख्दै तालिमहरु संचालन गर्थ्यौ उनले आफ्नो अनुभवमा पोखे । मेयर शाक्यका अनुसार सामाजिक क्षेत्रमा काम गर्ने जेसिज लगाएतका संस्थाहरूलाई सहयोग गर्ने कुरा नगर प्रमुख शाक्यले बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा जुनियर जेसिजकि अध्यक्ष रोजा शिल्परकाले हरेक वर्ष नेपाल जेसिजले जुनियर जेसिजलाई विभिन्न कार्यक्रम गर्ने अवसर दिन्छ यो वर्ष बनेपा जुनियरलाई यो कार्यक्रम गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरेकी छिन । उनले भनिन ” कार्यक्रम साचिन्नै फलदायी भएको छ , तालिममा सहभागीले सिकेका कुरालाई समाजमा अनुशरण गर्नुपर्ने उनले बताएकी छिन ।

तालिमको शिर्षक” आफ्नो नेतृत्व आफैमा पहिचान गर्नु रहेको थियो भने तालिममा ३० जना भन्दा बढी प्रशिक्षार्थीको सहभागी रहेको थियो ।

फोटो फिचर सहित

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button