नुवाकोटमा मोटरसाइकल दुर्घटना हुदा नेकपाका नेताको दुर्घटनास्थलमै मुत्यू

हिजो राति नुवाकोटको ताकेश्वर गाउँपालिका वडा न. ६ मा मोटरसाइकल दुर्घटना हुदा नुवाकोटको ताकेश्वर गाउँ पालिका वडा न. ६ का नेकपाका नेता रामबहादुर तामाङ्गको मुत्यू भएको छ । नुवाकोट ताकेश्वर गाउँपालिका वडा न. १ दाङसिङबाट आफ्नो घर डाडाखर्कतर्फ फर्कने क्रममा छागेखोला स्थित भिरबाट मोटरसाइकल दुर्घटना हुदा ५५ बर्षीय तामाङ्गको घटनास्थलमै मुत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिङ–डाडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ्ग चढेको बा २७ प ८६५८ नं. को मोटरसाइकल अनियन्त्रित हँुदा दुर्घटना भइ उनी २०५० मिटर तल खसेका थिए ।
दुर्घनापछि मोटरसाइकल सडक छेउमै अड्किएको भएतापनि तामा भने भिरबाट खसेको कारणले दुर्घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ्ग वि. स २०७४ वैशाखमा भएको स्थानियतहको निवार्चनमा ताकेश्वर गाउँपालिका वडा न. ६ मा साविक नेकपा एमाले बाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए भने पार्टि एकता पश्चात नेकपाको स्थानिय नेताको रुपमा राजनितिमा सक्रिय थिय ।