भिर बाट खसेर बालिकाको मृत्यु

सर्जन कुमार शाही
मुगु : घरबाट नुहाउन हिडेकि एक बालिका भिरबाट खसेर मृत्यु भएको छ ।
छायानाथ रारा नगर पालिका-९ कि अन्दाजी १२ वर्षिया भुमिका रोकाया भिरबाट खसेर मृत्यु भएको प्रहरीले बताएको हो ।
छायानाथ रारानगर पालिका-९ स्थाइ घर भएकि मृतक भुमिका आमा नन्दाकला रोकाया सङ्ग सदरमुकाम गमगढि स्थित न्युरोडमा भाडामा बस्दै आएकि थिइन। बिहिवार बिहान अन्दाजी १०: ३० बजे आफ्नो बस्ने कोठाबाट नुहाउनकालागि छायानाथ रारा नगर पालिका-२ चैना खोला जादै गर्दा चैना भिरमा खस्दा मृत्यु भएको उनका आफन्तले बताएका छ्न ।

नुहाउन हिडेकि मृतक भुमिका चैन भिर बाट ३० मिटर तलको गमगढि पिना सडक खण्डमा खसेको प्रत्येक्षदर्सि सनत हमालले जानकारी दिएका हुन । भिरबाट खसेकि भुमिकालाई तत्काल उपचार गर्न घटना स्थल आसपासमा रहेका सर्बसाधरण र नगरपालिकाका नगर प्रहरीले उद्दार गरि एम्बुलेन्स मार्फत जिल्ला अस्पतालमा पुरा एका भएपनि अस्पताल पुगि सके उनको मृत्य भएको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button