साेरुकाे प्रथामिकतामा “श्रमको सम्मान राष्ट्रको अभियान”

सर्जन कुमार शाही

मुगु । मुगुको सोरु गाउपालिकामा “श्रमको सम्मान राष्ट्रको अभियान” कार्यक्रम सुरुवात भएको छ । गाउँ कार्यपालिकाको कार्यालय स्थित सोरु कोटमा सोमबार एक कार्यक्रमका प्रमुख श्रम र श्रमिकलाई पहिलो प्राथमिकता दिइएको थियो ।
गाउपालिकाका उपाध्यक्ष केशर जंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज शाही,ईलाका प्रसासन कार्यालय सोरुकोटका कामु नि प्रमुख भिमराज सेजुबाल गाउपालिकाका वडा अध्यक्ष लगायत कार्यक्रममा रोजगार संयोजक राज बहादुर शाही गाउपालिकाका कर्मचारी, वडा सदस्य,बिधालयका प्रधानाध्यापक सहित स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज शाहीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक आयोजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गर्नुका साथै अभियान सम्बन्धी विषयवस्तुमा प्रकाश पार्नुभएको थियो । उहाँले यस अभियानलाई पालिकाका सबै वडाहरुमा सञ्चालन गरिएको जानकारी दिनुभयो साथै प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज शाहीका अनुसार श्रमको सम्मान स्वरुप यस अघि नै सोरु गाउँ पालिकाले पालिकाभरि श्रम गर्ने श्रममिकहरुको व्यक्तिगत बैङ्क खातामा भुक्तानि गर्ने गरेको बताए । उहाका अनुसार हाल सम्म कम्तिमा दुई हजार श्रममिकहरुको खातामा भुक्तानि गरिसकेको बताए ।

गाउपालिकाका उपाध्यक्ष केशर जंग शाहीले श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने नारालाई टोलटोल र समुदायस्तरमा फैलाउदै सबैले यसका अन्तरवस्तुमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले दूरीका कारण पालिकाका सबैभन्दा टाढा रहेका बस्तिहरुमा विकास, समृद्धि, रोजगारी र आर्थिक विकासमा प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि ईलाका प्रसासन कार्यालय सोरुकोटका कामु नि प्रमुख भिमराज सेजुबालले रोजगार कार्यक्रम सँगै यस राष्ट्रिय अभियानलाई सफल र प्रभावकारी बनाउन सबैले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिनुभयो ।

सोरु गाउँपालिका रोजगार संयोजक राजबहादुर शाहीका अनुसार कुनै पनि रोजगार नभएका व्यक्ति र परिवारलाई खोजी खोजी यस कार्यक्रममा सहभागी गराउने र श्रमिकलाई सहजीकरण गर्ने आर्य आफुहरु बाट भए बताए ।

मुलुकमा विद्यमान बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गरी दिगो आर्थिक विकास हासिल गर्न नेपाल सरकारले काम र रोजगारीलाई उच्च प्राथमिकता प्रदान गरेको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हक सम्बन्धी ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button