कर्णाली प्रदेश मै पहिलो पर्यटक प्रहरी पोष्ट स्थापना

सर्जन कुमार शाही
मुगु चैत २५ गते,
कर्णाली प्रदेश मै पहिलो पर्यटक प्रहरी पोष्ट मुगु जिल्लामा सोमबार स्थापना गरिएको छ ।
नेपाल कै ठूलो तथा गहिरो ताल रारा ताल घुम्न आउने आन्तरिक तथा वाइय पर्यटकहरुको रारा घुमाइ,बसाइ सुरक्षित बनाउने उदेश्यले रारा ताल क्षेत्रको प्रवेश नाका रारा विमानस्थल नजिक अस्थायी पर्य्टक प्रहरी पोष्ट स्थापना गरिएको हो ।
पर्यटक प्रहरी पोष्ट स्थापनाको उद्घाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले रारा लगायत मुगुमा रहेका धार्मिक तथा प्राकृतिक अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढिरहेकाले पर्यटकहरुको घुमाइ सुरक्षित र आनन्ददायी बनाउन पर्यटक प्रहरी राख्न नेपाल सरकार सस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नगर कार्यपालिकाले निर्णय सहित माग गरे बमोजिम कर्णाली प्रदेश भरी मै मुगु जिल्लामा पहिलो पर्यटक प्रहरी पोष्ट स्थापना भएको बताउनु भयो ।
रारा विमान स्थल नजिक अहिले अस्थायी विट स्थापना भएपनी निकट भविष्य मै रारा नजिक सल्लेरिमा स्थायी विट स्थापना गरिने नगर उपप्रमुख ऎश्वर्या मल्लले बताउनु भयो उहाले भन्नुभयो सल्लेरीमा भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रकृया अघि बढाएको छ । नेपाल सरकार वन मन्त्रालयबाट जग्गा प्राप्ती स्वीकृत हुना साथ भौतिक संरचना बनाइ स्थायी रुप मै सल्लेरीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिनेछ ।
पर्यटक प्रहरिले पर्यटकको मात्र सुरक्षा नगरेर प्रहरिले गर्नु पर्ने अन्य काम पनि गर्ने भएकाले पर्यटक प्रहरी पोष्ट स्थापनाले नेपाल प्रहरीलाई मुगु जिल्लामा काम गर्न सहज हुने र रारा सहित मुगुमा रहेका अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको पनि घुमाइ अब सुरक्षित हुने आफुले विश्वास लिएको प्रहरी नायव उपरिक्षक सरोज गिरिले बताउनु भयो ।
हाल देश भर २९ वटा पर्यटक प्रहरी युनिटहरु रहेपनी कर्णाली प्रदेश भरी कतै पनि पर्यटक प्रहरी थिएन अब मुगुमा पर्यटक प्रहरिको ३० औ युनिट स्थापना भएसङ्ग कर्णालीमा पनि पर्यटक प्रहरी पुगेको छ ।
हाम्रो काम यहाँ घुम्न आउने आन्तरिक तथा वाइय पर्यटकहरु माथी दुर्ववहार हुन नदिने,सुरक्षित महशुस गराइ घुमाइ लम्व्याउने,अपराधिक कृयाकलापमा संलग्न हुने जो कोहिलाइ नियन्त्रणमा लिने र पर्यटकहरुलाइ गाइड गर्ने जस्ता हुनेछन पर्यटक प्रहरी बारे संचिप्त जानकारी दिदै अस्थायी पर्यटक प्रहरी पोष्ट राराका सहायक प्रहरी निरिक्षक सन्जु कुमार विश्वकर्माले बताउनु भयो ।