नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण: कति ग्रेड ल्याइन्?

नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार भएको नतिजाअनुसार उनले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् ।राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो ।
नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् ।कक्षा १२ नतिजा राम्रो आएकोमा खुसी व्यक्त गर्दै मानन्धरले घर नजिकको कलेज भएकाले अवको थप अध्ययन पनि यही कलेजमा गर्ने प्रतिक्रिया दिइन् ।