गगन थापाले ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै “तिमीमा” कसले ओह्रालेकाे ओलिलाई प्रश्न।

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओह्रालेको ?’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी वक्तव्यमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी, उनीलगायतका असभ्य भाषा प्रयोग भएको भन्दै राष्ट्रपति भण्डारीको बचाउ गरेका थिए ।
सोही विषयलाई लिएर कांग्रेसका युवा नेता थापाले प्रधानमन्त्री ओलीलाई यस्तो प्रश्न गरेका हुन् । नेता थापाले सोसल मिडिया फेसबुक मार्फत् भनेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !’
त्यस्तै, उनले आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको पनि स्पष्टीकरण दिएका छन् ।