घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु, अन्य ४ छोरीहरू भने भाग्यले बाँचे

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ।
स्थानीयका अनुसार एउटा कोठा मात्र भत्केको थियो । बिहान स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना कतिबेला भयो भन्ने अनुमान गर्न नसकिएको प्रहरीले बताएको छ । अन्य ४ छोरीहरू भने अर्काे कोठामा सुतेको हुँदा सकुसल छन्। घर शनिबार राति एक्कासी भत्किएको थियो।मृतकको शब पोष्टमार्टमका लागि बिजुवार ल्याउने तयारी भईरहेको छ । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो । प्रहरी बिहान अबेला घटना स्थलमा पुगेको थियो