नुवाकोटमा सुरुङमार्ग, जिल्लावासी हर्षित।

१५ जेठ, काठमाडौँ । सरकारले काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्मको सुरूङ मार्गको निर्माणको काम यसै वर्ष सुरू गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै यसै वर्षदेखि सुरूङ मार्गको निर्माण सुरू हुने बताउनुभएको छ ।

उहाँले यसै वर्ष डिपिआर सेकर सुरूङको निर्णमा सुरू गरिने जानकारी दिनुभयो । उहाँले यसका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

यस्तै सरकारले निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्गलाई ९ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई वर्षमा सक्ने गरी तीव्रता दिन लागिएको बताए।

उनका अनुसार यो सुरुङमार्ग निर्माण सुरु भएसँगै नेपाल आधुनिक सडक सुरुङमार्ग युगमा प्रवेश गरेको छ। भौगोलिक विकटताका कारण लम्बिएको यात्रा सुरुङमार्गले छोटो बनाउँदै यात्रा अवधि घटाउदै लैजाने बताउँदै उनले सडकमा सुरुङमार्ग प्रविधि महत्वका साथ अवलम्बन गरिने बताए।

पाल्पाको सिद्धबाबामा आगामी वर्ष निर्माण गर्न ठेक्का आह्वान भएको छ। लामाबगर लाम्चे, धनकुटा-लेउती सुरुङमार्ग निर्माण सुरु गरिने उल्लेख छ। काठमाडौं कोटेश्वरको जाम कम गर्न तीनकुने-जडिबुटी सुरुङमार्ग गर्न १ अर्ब ८० करोड रुपैयाँ छुट्याइएको छ। टोखा-छहरे, वेत्रावती-स्याफ्रुबेंसी, खुर्कोट-चियाबारी, थानकोट-चित्लाङ डीपीआर तयार गरिने उल्लेख छ। विभिन्न राजमार्गमा सुरुङमार्ग निर्माण लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button