ख्रीष्टियन महासंघले नयाँ पार्टी खाेल्दै:गहतराज

ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि. बि. गहतराजले आवश्यकता परे नयाँ पार्टी खोल्ने बताउनु भएको छ ।

इसाई समुदायलाई ठुला पार्टीले खल्तीको भोट बैंकमात्र बनाएकोले आवश्यकता परे नयाँ पार्टी खोल्ने अध्यक्ष गहतराजले खुल्ला चुनौती दिनु भएको हो ।

राजनीतिमा ख्रीष्टियन विचार समुहले राजधानीमा आयोजना गरेको ख्रीष्टियनहरूको पहिचान र हक तथा अधिकार स्थापित गर्न राजनीतिमा पहुँच बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गहतराजले अहिले दिनप्रतीदिन धर्मनिरपेक्षता माथी प्रहार भैरहेकोले इसाई समुदायको राजनीतिक पहुँच नहुदा अल्पसंख्यक धार्मिक समुदायमाथी मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा भैसक्दा पनि लगातार बिभेद भैरहेकोले बताउनु भएको छ।

पछिल्लो समयमा सरकार इसाइप्रति नकारात्मक बन्दै गएकोले धर्म प्रचारलाई राजद्रोह गरेको भन्नु र धर्म प्रचार गरैकै भरमा धर्म गुरुलाई प्रक्राउ गर्नु कहाँको धार्मिक स्वतन्त्रता हो उनले प्रश्न गरेका छन् ।

“ख्रीष्टियन समुदायको आधारभुत आवश्यकता, समाधीस्थल, पहिचान सहितको सार्बभौमिक मौलिक अधिकारको संस्थापन गर्न नसक्नु राज्यको लाचारीपन भएको राष्ट्रिय मण्डली संगतिका सचिव वीर बहादुर तामाङले बताए । त्यसैगरी महासंघका प्रवक्ता प्रेम कार्कीले धार्मिक स्वतन्त्रताको हकको व्यवस्था हुँदा पनि सरकारले प्रचारकको आरोप लगाएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार नेपालका १० वटै धर्मावलम्बीलाई संघ, प्रदेश र स्थानीय सरकारले संरक्षण, सम्वद्र्धन गर्नुपर्दछ ।

राज्यले ख्रीष्टियन समुदायलाई विखण्डनकारी र धर्म प्रचारकसँग जोडेर चुनावको बेलामात्र अधिकारको नाममा भोट बैंकमात्र प्रयोग गरेको उहाँको भनाइ थियो ।

राजनीतिमा ख्रीष्टियन विचार समुहका अध्यक्ष सि. बि. गहतराजको अध्यक्षता आयोजित उक्त कार्यक्रममा दिनेश श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम समुहका सदस्य पत्रकार कुमार सिंह बिष्टले सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button