नाथे एउटा पुत्रकारले जित्दैमा देशमा हुने वाला केही छैन: केपि ओलि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना गरेका छन् । लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको भन्दै ओलीले लामिछानेलाई ‘भडुवा’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले लामिछानेलाई एउटा जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको टिप्पणी गरे ।

 

…देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेल नेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरुलाई अपमान गरेको छ, सबलाई चोर भनेको छ, अलिकति सरम हुनुपर्दैन ?’ ओलीले प्रश्न गरे । तानाशाही व्यवस्था अन्त्य गर्न संघर्ष गरेकाहरुलाई अपमान गरेको भन्दै ओलीले लामिछानेले कुसंस्कार, कुसंस्कृति सिकाएको आरोप लगाए ।

 

 

जसले देशका लागि बलिदान गरेको छ, हिजो तानाशाहीविरुद्ध लड्दाखेरि अंगभंग भएको छ । परिवारका सदस्य गुमाएको छ, काखको छोरछोरी गुमाएको छ । आमाबाबु गुमाएको छ, श्रीमान गुमाएको छ, श्रीमती गुमाएको छ, टुहुरा टुहुरी हुनपरेको छ । हात गुमाएको छ, स्वास्थ्य बिगारेको छ, आर्थिक अवस्था डामडोल बनाएको छ’, ओलीले भने, ‘त्यसरी डेमोक्रेसी ल्याएको नेताहरु पार्टीहरुलाई अपमान गरेको छ, तथानाम बोलेको छ,

 

कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ, यो सबै कुरासँग सतर्क हुनुपर्छ । यो देश बिगार्ने भाँड्ने तरिका हो, भडुवाहरुको तरिका हो ।’ ओलीले युवालाई पार्टी चाहिँदैन भनेर भ्रम फैलाउन खोजेको बताए । ‘पार्टी विना दुनियाँ चलेको छैन, नेपालमा यस्तो हावा चलाइदिएको छ कि पार्टी चाहिँदैन’ उनले भने, ‘अमेरिकामा पार्टी चाहिन्छ,

 

बेलायतमा पार्टी चाहिन्छ, फ्रान्स, चीन, जापान, भारतमा पार्टी चाहिन्छ, जहाँ पनि पाटी चाहिन्छ, यहाँचाहिँ फेद न टुप्पोका …।’ स्वतन्त्र उम्मेदवारले एकाध ठाउँमा जिते पनि देशभरका नागरिकको भावनाको प्रतिनिधित्व गर्न नसक्ने ओलीले बताए ।

 

 

‘भोलि सबै स्वतन्त्र जम्मा भए,कसको नीति मान्ने, कुनको घोषणापत्र मान्ने घोषणापत्र कसैको हुँदैन, अनि के कार्यान्वयन गर्छ उसले, यो कार्यान्वयन गर्छु भनेर आएको हुँदैन’ ओलीले भने, ‘अर्थात् यो हुने कुरा होइन, त्यसकारण भ्रम फैलाउन खोजिएको छ । हाम्रो देशको भविष्य अन्धकारमा पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल हुन सक्छ ।’

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button