प्रधानमन्त्री प्रचण्ड स्वयम् भुकम्प प्रभावित क्षेत्रमा उत्रिए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्रमा पुगेका छन्।

जाजरकोट र रुकुमका भुकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), माननीय उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत र माननीय पुर्वअर्थमन्त्री जनार्दन शर्मा सहितको टोली उद्धार का लागि स्वास्थ्य टोली र सामाग्री सहित जाजरकोटको लागि प्रस्थान गरेेका हुन् ।

बिहान ८ बजे सम्मकाे भुकम्प अपडेट अनुसार जाजरकोट केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पमा १२८ को मृत्यु पुस्टि पुष्टि भएको छ।

प्रधानमन्त्रीकाे कार्यलय अनुसार अहिलेसम्म भुकम्पमा परि जाजरकोटमा मृत्यु हुनेकाे संख्या ९२,घाईते ५५,
रुकुम पश्रिम-मृत्यु ३६,घाईते ८५ रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button