कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एक पुरुषको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस ९कालो ढुसी० सङक्रमितको मृत्यु भएको छ ।
यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस ९कालो ढुसी० का कारण मृत्यु भएको हो ।
उहाँको आज बिहान ७ः ०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो।
लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।