एसईई सहित ६०८ जना विद्यार्थीकाे भविष्य माथि खेल्दै मुगुका शिक्षकहरु (भिडियो सहित)

सर्जन कुमार शाही- मुगु
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वर्डा ११ रोवामा हरेको प्रभात माध्यमिक विद्यालयमा अहिले  शिक्षक नहुँदा विद्यार्थीको पठपाठनमा ठुलो समस्या आएको छ ।

ईसिडी (ECD) देखि कक्षा १२ सम्म जम्मा ६०८ जना बिद्यार्थीहरु भएको बिधालयमा शिक्षक संख्या भने १८ जना छ तर अहिले भने ९ जना शिक्षक मात्र बिधालयमा उपस्थिति हुने गरेका छन् । प्रधानाध्यापक र दुई जना शिक्षक घर बिदामा छन् भने १ जना शिक्षक कहाँ गए कसैलाई थाहा छैन । ५ जना शिक्षक शिक्षा सेवा आयोगको तयारीमा छन् । १८ जना शिक्षकहरु मध्य अस्थायी १५ जना छन् भने स्थायी ३ जना मात्र छन् ।

कक्षा ७ र ८ मा शिक्षक अभाव भएको कारण बहु कक्षा शिक्षण भैरहेको र कक्षा ९ र १० मा भने जम्मा ३ विषय मात्र पढाई हुने बिद्यार्थीहरुले बताएका छन् ।

 

अभिभावकहरु बिधालयमा शिक्षक नभएको कारण कसैले आफ्ना बालबालिकाहरुलाई अन्य ठाँउमा पढ्न पठाएको भनी बताउ छन् भने कोहि अभिभावकहरु भने बस्ने र खाने ठाँउ नहुदा उक्त बिधालय जाने र १ घन्टामै निराश भएर आफ्ना छोराछोरीहरु घर फर्किन बाध्य भएको र सरकारको तलब अलग्गै छ बिद्यार्थी बाट ट्युसनको नाम गरेको १ हजार लिने गरेको भनी शिक्षकलाई अभिभावकको आरोप छ ।

 

बिद्यार्थीहरुको अन्तिम परिक्षा नजिक आईरहेको छ बिधालयमा शिक्षक नहुँदा बिद्यार्थीहरु बिधालय आउन छोडेका छन् । बिधालयको शैक्षिक अवस्था माथी उठाउन सम्बन्धि निकायका सरोकार वाला भने मौन छन् । अहिले उक्त बिधालयमा निमित्त प्रधानाध्यापकको जिम्मेवारि पनि कसैलाई दिइएको छैन र आज सम्म बिधालयमा नयाँ व्यवस्थापन समिती पनि चयन गर्न सम्म सकिको छैन ।

 

भिडियो हेर्नुस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button