फेरि पनि एमालेकै सरकार बन्छ: बिष्णु रिजाल (नेकपा एमालेका नेता)

नेकपा एमालेका नेता विष्णु रिजालले विपक्षी गठबन्धनमा बहुमत नरहेकाले फेरि पनि एमालेकै सरकार बन्ने बताएका छन् ।

साेमबार मात्र प्रधानमन्त्रीले विश्वास मत माग्दा अल्पमतमा परेपछि वर्तमान सरकार काम चलाउ भइसकेकाे छ भने राष्ट्रपतिद्वा नयाँ सरकार गठनका लागि दलहरूसामु अाह्वान गरिएकाे छ ।

तर नयाँ सरकार गठनका लागि अहिलेकाे अवस्था हेर्दा विपक्षी (कांग्रेस-माओवादी) गठबन्धनसँग बहुमत नपुग्ने देखिएकाे भन्दै नेता रिजालले अन्ततः एमाले नेतृत्वमा नै सरकार बन्ने सम्भावना बलियाे भएकाे बताएका हुन् ।उनले ट्विटरमा लेखेका छन्, ‘नयाँ सरकारका लागि १३६ मत चाहिनेमा विपक्षी गठबन्धनसँग १२४ मत मात्र देखियो । संविधानको धारा जतिपटक पल्टाए पनि संख्या नपुगी नयाँ सरकार बन्दैन । त्यसैले नयाँ सरकार दाबी गर्नुअघि संख्या नजुटाई माग मात्र गरेर के गर्नु ! अन्तत: ७६(३) अनुसार एमालेको सरकार बन्छ । बाँकी विकल्प त स्पष्टै छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button