उपप्रधानमन्त्री राजेन्द्र महताे: सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले संचालन गरिरहेको छु।

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले नवनियुक्त उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिमाथि कडा टिप्पणी गरेका छन् । सपथ ग्रहणका क्रममा नेपाललाई बहुराष्ट्र बनाउने महतोको मागलाई अस्विकार र विरोध गरिने उनले बताए ।
सामाजिक सञ्जालमार्फत् गौतमले भनेका छन्, ‘नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’
उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्मविपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा आफू दुःखी भएको गौतमले बताएका छन् ।
साथै, संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, ‘अनेकौं विशेषतासहित नेपाल राज्य हो ।’ यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।
तर, राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने गौतमको टिप्पणी रहेको छ ।
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चार्य चकित भएको पनि बताएका छन् ।