नेपालमा आज ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ११७० जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा आजसम्म सक्रिय संक्रतिमहरुको संख्या १५३९३ रहेको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हु्न् । यससँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८११८ जना रहेका छन् । त्यस्तै होमआइसोलेसनमा ७२७५ रहेको छ ।
काठमाडौँ उपत्यकामा आज ५१२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज एकैदिन काठमाडौँ जिल्लामा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा संक्रमणको पुष्टिभएको छ ।
यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ । बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने मृतकको कुलसंख्या ३६० पुगेको छ। यसअघि हिजो आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए ।