गाउँपालिका अध्यक्ष शाही माथि बाढी पिडितकाे नाममा दिएको रकम हिनामिना गरेकाे आराेप

सर्जन कुमार शाही – मुगु
मुगु , मुगु जिल्लामा २०७९ असोज महिनामा भएको अविरल बर्षाले ठुलो जनधनको क्षति पुर्याएको थियो । जसमध्ये सोरु गाउपालिका वडा नं ८ मा पनि थुप्रै घरहरू क्षति हुन पुगेका थिए ।

त्यही अविरल वर्षाको बाढीले घर जमिन बगाएका पीडितलाई लक्षित गरि इन्द्रेणी संचालक कृष्ण कडेलले पीडितलाई मलहम पट्टि लगाउनको लागी पाँच लाख सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।

उक्त राहतको रकम पीडितको नाम गरेर अध्यक्ष शाहीलाई दिएको भनेता पनि एघार महिना बितिसक्दा पनि साे रकम अहिलेसम्म नदिएको पीडित पक्षकाे भनाइ छ।

यसरी वर्ष दिन बितिसक्दा सम्म पीडितलाई मर्माहत पारि राहत रकम अध्यक्षले नै गुमराहमा पार्नु कत्तिको न्यायाेचित हाे? पीडितहरु शाहीकाे अगाडि मुख खोलेर बोल्न सम्म पनि नसक्ने पिडित स्थानीय बताउछन् ।

यस बारे बुझ्दा गाउँपालिकाका अध्यक्ष शाहि भन्छन् ‘त्याे सहयोग रकम समग्र पिडितकाे लागि हाे, कुनै पिडित व्यक्ति विशेष काे लागि हाेईन , उनले थपे ‘उक्त पाँच लाख रुपैयाँ गाउँपालिका विपत् काेषमा सुरक्षित छ।’

उक्त बाढी-पहिराे बाट आंसिक र पुर्ण गरि चार सय घरमा क्षति पुगेकाे र त्यसैगरी गत असाेजमा गमगडीमा आगलागी हुंदा त्यही विपत् काेषबाट सहायता गरेकाे र साे काेषमा इन्द्रेणीका कृष्ण कडेलले दिएको पाँच लाख सहित पन्ध्र लाख संचित रहेको उनले बताए । आगमी कार्यपालिकाकाे कार्ययोजनामा उक्त पिडितहरुलाई सम्वाेधन हुने याेजना तत्काल ल्याउने उनको भनाइ छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button