“किसानलाई पीडा” बेमौसमी बर्षाले धानलाई एकदम राम्रो गरेकाे छ : कृषि ज्ञान केन्द्र(भिडियो सहित)

क्षितिज / बांके जिल्लामा छत्तीस हजार पांच सय हेक्टरमा धान लगाएको थियो। जिल्ला भरिकाे कुल उत्पादन एक लाख चाैसठ्ठी हजार दुई सय पचास मेट्रिकटन हाे।
कृषि ज्ञान केन्द्र बांकेका कृषि अर्थ विज्ञ जीवन कुमार के. सी. भन्छन् ‘कृषकहरूले चांडो पाक्ने र ढिलो पाक्ने धान लगाएका हुन्छन्, ढिलो पाक्ने धानलाई याे बेमौसमी बर्षाले एकदमै राम्रो गरेकाे छ।’
चांडो पाक्ने धान माेटाे धान हाे। जसमा राधा चार, जानकी, सुख्खा एक र सुख्खा दुई जातका धानहरु हुन्। बांकेकाे आठ ओटै गाउँपालिकाहरुमा जम्मा ४.५ मेट्र्रिकटन याे धान उत्पादन हुने गर्छ।
यसपालि याे धान मध्ये बीस प्रतिशत धान भित्र्याउनलाई काटेको थियो ती मध्ये दस प्रतिशत भित्र्याई सकेको र दस प्रतिशत धान मात्रै खेतमा रहेकोले क्षति पुग्न गएको कृषि ज्ञान केन्द्र बांकेका कृषि अर्थ विज्ञ के.सी बताउँछन् ।
के.सी भन्छन् यसरी क्षति भएको क्षेत्रफल हेर्ने हाे भने ३६ सय पचास हेक्टरकाे धान याे बर्षाले डुवाएर क्षति पुर्याएकाे हाे। उनका अनुसार डुवान क्षेत्र भित्रकाे धान पनि पुर्णरुपमा क्षति हुंदैन। पानीमा धान भिजेको कारण गुणस्तरमा ह्रास आउंदछ , धान कुट्दा टुक्राटुक्रा हुने, धुलाे बढी र भुस राम्रो नआउने हुनसक्छ। यसरी हेर्दा पुर्ण रुपले क्षति हुने क्षेत्रफलकाे हिसाबले ५ सय ४४ हेक्टर हाे जसमा धान उत्पादनकाे २४ हजार ६ सय १५ मेटि्रकटन पुर्ण रुपमा क्षति हुने देखिन्छ।
तत्कालै राहत र डुबेको धान सुरक्षाको लागि कुनै पनि बैज्ञानिक उपकरणहरु कार्यलय संग नभएको र केवल धानकाे क्षति न्युनिकरणकाे लागि भिरालो ठाउँमा धान राख्नु र घाममा सुकाउनु सल्लाह-सुझाब बाहेक केही नभएको के.सीले व्यक्त गरे।
उता प्रत्यक्षे प्रभावित कृषकहरुकाे भने खेतमै रुवावासी र तत्कालै रहातकाे माग गरिरहेका छन्।
याे भिडियो हेर्नुस् । भिडियो तथा फाेटाे नविन